अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?


काठमाडौँ-हाल देशमा  स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । 

गण्डकी तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली  रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको  सम्भावना रहेको छ।

राति भने देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया  सफा रहनेछ। कोशी तथा गण्डकी प्रदेशको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

बंगालको खाडीमा विकसित भइरहेको  “मोखा” नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ। उक्त चक्रवात उत्तर-उत्तर-पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले नेपालमा यसको उल्लेखनीय प्रभाव नरहने महाशाखाले जनाएको छ ।