अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्षामा मेलम्चीको पानी ल्याउने तयारी

वर्षामा मेलम्चीको पानी ल्याउने तयारी


काठमाडौँ-यो वर्ष मेलम्चीको पानी काठमाडौँमा ल्याइने भएको छ । यसअघि मेलम्चीको पानी वर्षामा बन्द गरिँदै आएको थियो । 

मेलम्ची खानेपानी विकास समितिले वर्षायाममा पनि काठमाडौँ उपत्यकामा पानी ल्याउने गरी आवश्यक अस्थायी प्रबन्ध मिलाउने तयारी गरेको हो ।

त्यसका लागि समितिले जेठ १ गतेदेखि नै उपत्यकामा पानी पथान्तरण स्थगन गर्ने भएको छ । मेलम्ची हेडवर्क्स एवं सुरुङ मर्मतमा लागि जेठ १ देखि १५ गतेसम्म पानी पथान्तरण गर्ने समितिले जानकारी दिएको छ ।

आयोजनाका अनुसार उक्त कार्यका लागि ८ देखि १५ दिन लाग्छ । 

काठमाडौँतर्फ पानी पथान्तरण रोकिने सूचनासँगै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पनि खानेपानी वितरणमा असुविधा हुने जानकारी दिएको छ ।  

उपत्यकामा मेलम्चीको पानी दैनिक १७ करोड लिटर वितरण हुँदै आएको छ । मर्मतसम्भारका लागि मेलम्ची पानी पथान्तरण रोकेपछि अन्य स्रोतको मात्रै पानी वितरण गर्नुपर्ने छ ।