अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभापति देउवाज्यू खाँणलाई निलम्बन किन नगरेको ? : नेविसंघ

सभापति देउवाज्यू खाँणलाई निलम्बन किन नगरेको ? : नेविसंघ


काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन नगरेको भन्दै नेविसंघले प्रदर्शन गरेको छ।

नेविसंघले त्रिचन्द्र क्याम्पसमा सभापति शेरबहादुर देउवाज्यू खाँणलाई किन निलम्बन नगरेको भन्दै प्रदर्शन गरेको हो।

खाँणलाई निलम्बन गर्ने विषयमा कांग्रेस पदाधिकारी बैठकमा पनि छलफल भएको थियो। छलफलमा उपसभापति घनराज गुरुङ र महामन्त्रीद्वय गगन थापा र विश्वाप्रकाश शर्माले निलम्बन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिनुभएको थियो । तर, सभापति देउवाले अहिले आरोप लाग्दैमा निलम्बन गर्न नपर्ने भन्दै अदालतको फैसला कुर्ने बताएपछि रोकिएको थियो।