अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी

जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी


काठमाडौँ – सरकारको आर्थिक वर्ष २०८०/०८१ काे नीति तथा कार्यक्रम जेठ ५ मा ल्याउने तयारी भइरहेको छ। राष्ट्रपति रामचन्द्र पाैडेलले संसद्‍मा नीति तथा कार्यक्रम सम्बोधन गर्ने तयारी भएको छ।

संविधानकाे धारा ९५ मा संघीय संसद्का दुवै सदनमा सम्बाेधन गरी राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्ने उल्लेख छ।

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आजको बैठकमा २०८० जेठ ५ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे छलफल भएको हाे । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जेठ ५ मा नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारी भइरहेको बताउनु भयो ।