अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीन दिनभित्र विषयगत समितिको बैठक सुरू गर्ने कार्यव्यवस्था परामर्श समितिमा सहमति

तीन दिनभित्र विषयगत समितिको बैठक सुरू गर्ने कार्यव्यवस्था परामर्श समितिमा सहमति


काठमाडौं – प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले तीन दिनभित्र विषयगत समितिको बैठक प्रारम्भ गर्ने सहमति भएको छ। 

आइतबार बसेको समितिको बैठकमा आगामी जेठ ४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हुने प्रश्नोत्तर कार्यक्रम प्रभावकारी बनाउनेबारे पनि छलफल भएको छ। 

सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार संसदीय सुनुवाइ र राज्यका निर्देशक समितिबीच संयुक्त समिति गठन गर्ने, नीति तथा कार्यक्रम संयुक्त सभामा पेश गर्ने तयारी तथा पोशाक र प्रतिक चिन्हको प्रयोग सम्बन्धमा निर्णय भएको छ। 

कार्यव्यवस्था परामर्श समितिको आजको बैठकमा माननीयहरुले बजेट निर्माण गर्दा मन्त्रीहरुले सांसदसँग छलफल नगरेको भन्दै गुनासो गरेका थिए।

सांसदहरुको गुनासो सुनेपछि सभामुख देवराज घिमिरले सदनमा उठेका विषयमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘माननीयहरुले आकस्मिक, शून्य र विशेष समयमा उठाएका विषय र सभामुखले दिएको रुलिङबारे सरकार जवाफदेही हुनुपर्छ। मन्त्रीहरुको सदनमा हुने गरेको उपस्थितिप्रति समीक्षा गर्नुपर्छ। बजेट निर्माण गर्दा माननीयहरुसँग छलफल नभएको गुनासोको सम्बोधन हुन जरुरी छ।’