अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाथीभरा जाने पदमार्गमा ‘फाइबर’को छहारी

पाथीभरा जाने पदमार्गमा ‘फाइबर’को छहारी


ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको पदमार्गमा फाइबर ट्रस (छाहारी) लगाइएको छ। पाथीभरा मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउने उद्देश्यले पदमार्गमा ट्रस लगाइएको हो।

 हिमपात र वर्षाको समयमासमेत तीर्थयात्रीलाई यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले चार मिटर लम्बाइको ट्रस लगाउन सुरु गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो । यसका लागि कोशी प्रदेशको पर्यटन मन्त्रलयबाट रु.५० लाख र पाथीराभरा क्षेत्र विकास समितिको रु ४० लाख गरी रु.९० लाख खर्च हुने भएको उहाँको भनाइ छ।

पाथीभरा पदमार्गमा गत तीन वर्षदेखि क्रमिकरुपमा ट्रस लगाउन सुरु गरिएको हो । यसअघि पाथीभरा मन्दिरदेखि छ सय मिटरसम्म फाइबर ट्रस लगाइसकिएको छ भने अहिले चार सय मिटरका लागि काम भइरहेको हो। 

यस्तै पदमार्ग सोलिङ गरिएको छ भने दायाँबायाँ रेलिङ लगाएको छ  पदमार्गमा शौचालय, खानेपानीका धारा, विश्रामस्थललगायतका संरचनासमेत निर्माण भइरहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। 

पाथीभरा धामदेखि माथिल्लो फेदी बजारसम्मको दुई किलोमिटर दूरीमा ट्रस लगाउने योजना छ। पाथीभरा धाम तीन हजार ७९४ मिटरको उचाइमा रहेकाले हिउँद मौसममा बाक्लो हिमपात हुने गरेको छ । पाथीभरा दर्शनमा आन्तरिक तथा बाह्य गरी वर्षमा लाखौँ तीर्थयात्री आउने गरेका छन्।

पाथीभरा जाने पदमार्गमा फाइबर ट्रस लगाएसँगै हिमपात र वर्षा हुँदा तीर्थयात्री सहज हुने भएको छ।

Skip This