अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बंगलादेशका प्रधानमन्त्री हसिना र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता

बंगलादेशका प्रधानमन्त्री हसिना र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता


काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउद र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ। बंगलादेशको राजधानी ढाकामा उनीहरुबीच आइतबार भेटवार्ता भएको हो। 

भेटमा दुई पक्षीय हितका बारेमा छलफल भएको परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ। छलफलको क्रममा नेपाल र बंगलादेशबीचको सम्बन्धलाई सुदृढ बनाउने, सीमापार, कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा, शिक्षालगायत अन्य सम्बन्धित क्षेत्रमा विशेष जोड दिइएको बताइएको छ।

उहाँ ढाकामा आयोजित छैटौं इन्डियन ओसन कन्फ्रेन्स–२०२३ मा भाग लिन शुक्रबार ढाका जानु भएको थियो। ढाकामा रहँदा उहाँले शुक्रबार नै भारतीय समकक्षी एस. जयशंकरसँग भेटवार्ता गर्नुभएको थियो। जयशंकरसँगको भेटघाटमा समग्र दुईपक्षीय सम्बन्ध, सम्पर्क सञ्जाल, सडक सञ्जाल र जनस्तरको सम्बन्धबारे छलफल भएको साउदले बताउनु भयो।

हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्न मूल कार्यपत्रमा छलफल गर्न ढाकामा सम्मेलन आयोजना गरिएको थियो। 

Skip This