अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा हावाहुरीसहित वर्षा

काठमाडौंमा हावाहुरीसहित वर्षा


काठमाडौं पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले अहिले काठमाडौं उपत्यकामा हावाहुरीसहित पानी परेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले उपत्यकामा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण हावाहुरीसहित वर्षा भएको हो। 

मौसमविद् रोजन कोइरालाका अनुसार उपत्यकासहित अहिले  देशका पहाडी भूभागमा सामान्य वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा भने हावाहुरीसहितको वर्षा भएको हो। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा अहिले वर्षा भइरहेको छ। 

उहाँले भन्नुभयो, ‘‘पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण अहिले देशका पहाडी भूभागमा वर्षा भइरहेको छ, अहिले उपत्यकाको आकाशमा हावाहुरीसहित वर्षा भएको हो।’’ 

यो क्रम रोकिँदै पुन सुरु हुने उहाँको भनाइ छ। तराई क्षेत्रको मौसम भने सफा नै रहेको काइरालाको भनाइ छ। आगामी तीन दिन नै देशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको उहाँ बताउनुहुन्छ। 

बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ चक्रवातको नेपालमा  प्रभाव नरहने मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ। मौसमविद् कोइरालाले नेपालमा मोखा चक्रवातको कुनै पनि प्रभाव नरहेको बताउनुभयो। 




Skip This