अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 शाहरुख खान र प्रियंका चोपडाको ‘डन ३’ आउने

 शाहरुख खान र प्रियंका चोपडाको ‘डन ३’ आउने


काठमाडौँ-बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री प्रियंका चोपडा अभिनित ‘डन : द चेज बिगिन्स अगेन’ धेरै रुचाइएकोमध्येको हिन्दी फिल्म हो । फरहान अख्तरद्वारा निर्देशित पहिलो शृंखला सन् २००६ मा रिलिज भएको थियो । यसको शानदार सफलतापछि निर्माताले सन् २०११ मा दोस्रो श्रृंखला रिलिज गरे ।

यी दुवै श्रृंखलालाई दर्शकले मन पराए । दर्शक अहिले ‘डन’को तेस्रो श्रृंखलाको पर्खाइमा छन् । अन्ततः निर्माता रितेश सिदवानीले तेस्रो भागबारे केही संकेत गरेका छन्, जसले फ्यानको उत्साह बढाउन सक्छ ।

हालै भारतीय सञ्चारसंस्था पीटीआईसँग कुरा गर्दै सिदवानीले तेस्रो श्रृंखला यतिबेला स्क्रिप्ट लेखनको तहमा रहेको बताएका छन् । प्लटबारे सोध्दा उनले यसबारे अहिले खुलाउन नमिल्ने बताएको पिंकभिल्लाले जनाएको छ । रितेशले भने, ‘जबसम्म मेरो पार्टनर (फरहान अख्तर) ले यो लेखेर सक्नुहुन्न, हामी केही गर्ने छैनौं । अहिले उनी स्क्रिप्ट पूरा गर्ने चरणमा छन् । हामी सबै पनि डनलाई हेर्न उत्सुक छौं ।’

रितेश र फरहानले सन् १९७८ मा अमिताभ बच्चनको फिल्म ‘डन’को अधिकार किनेर शाहरुखसँग रिमेक गरे । ‘डन ३’ मा ट्विस्ट एण्ड टर्न हेर्नु रोचक हुनेछ ।-एजेन्सी

Skip This