अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टोपबहादुर पक्राउ परेको प्रहरीको पत्र संसद् सचिवालयमा पुग्यो

टोपबहादुर पक्राउ परेको प्रहरीको पत्र संसद् सचिवालयमा पुग्यो


काठमाडौं – पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेको जानकारीसहित नेपाल प्रहरीले पठाएको पत्र संसद सचिवालयमा पुगेको छ।

संसद सचिवालयमा भर्खरै उक्त पत्र प्राप्त भएको स्रोतले बतायो।

गत मंसिरको चुनावमा अर्घाखाँचीबाट विजयी भएका रायमाझीलाई आइतवार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरिएको व्यहोरासहितको पत्र जिल्ला प्रहरी परिसर काठमाडौंले संसद् सचिवालयलाई सोमबार पठाएको हो। 

नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि रायमाझी गत वैशाख २० गतेदेखि फरार सम्पर्क विहिन हुनु भएको थियो। तर उहाँलाई ११ दिनपछि काठमाडौंबाटै पक्राउ परेका हुन्। उहाँलाई प्रहरीले सोमबारै जिल्ला अदालत काठमाडौंमा पेश गरेर तीन दिनको म्याद लिइसकेको छ। 

अब सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको नियमावली २०७९ को दफा २४८ उपदफा १ मा संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम प्रतिनिधिसभाका सदस्य रायमाझी पक्राउ परेको सूचना संसद बैठकमा दिनु हुनेछ।