अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जापानमा बस दुर्घटना हुँदा २ नेपाली विद्यार्थीको मृत्यु

जापानमा बस दुर्घटना हुँदा २ नेपाली विद्यार्थीको मृत्यु


काठमाडौँ-जापानमा बस दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । जापानको सेन्दाई सहरमा भएको उक्त बस दुर्घटनामा नेपालका दुई जना विद्यार्थीको मृत्यु भएको हो । 

जापानी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा मृत्यु हुनेमा काभ्रेका नवराज तामाङ र युवराज थापा रहेका छन् ।  थापा सेन्मोन गाक्कोउ तथा तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत रहेको जनाइएको छ । जापानी मिडियाका अनुसार सेन्दाईबाट इवातेका लागि हिँडेको बसलाई ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । 

एक्सप्रेस रोडमा रोकिराखेको बसलाई ट्रकको ठक्करपछि सो बस उछिट्टिएर १ सय मिटर पर पुगेको जनाइएको छ । उक्त बसमा चालक दलका सदस्यसहित ४० जना रहेको बताइएको छ ।