अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँच वर्षीय बालिका बलात्कार गर्ने बाबु र मामालाई ८४ वर्षको जेल सजाय

पाँच वर्षीय बालिका बलात्कार गर्ने बाबु र मामालाई ८४ वर्षको जेल सजाय


नयाँ दिल्ली–पाँच वर्षीय बालिकालाई बारम्बार बलात्कार गरेको आरोपमा आफ्नै बुवा र मामालाई ८४ वर्षको जेल सजाय सुनाएको छ । 

केरलाको विशेष पोक्सो अदालतले बिहीबार सो सजाय सुनाएको हो । देवीकुलम पोक्सो फास्ट ट्र्याक अदालतका न्यायाधीश रविचन्द्र सीआरले दुवै दोषीलाई यौन अपराधबाट बालबालिकाको संरक्षण ऐन (पोक्सो), भारतीय दण्ड संहिता र बाल न्याय ऐन अन्तर्गतको कानुन अनुसार कुल ८४ वर्षको जेल सजाय सुनाएको हो ।

विशेष अदालतले कैद बाहेक तीन/तीन लाख जरिवाना समेत गरेको र जरिवाना रकम पीडितलाई दिन निर्देशन दिएको सरकारी वकिलले जानकारी दिए । उनका अनुसार पीडितलाई क्षतिपूर्ति दिन जिल्ला कानुन सेवा प्राधिकरणलाई पनि अदालतले निर्देशन दिएको छ ।

पीडित युवतीलाई २०२१ मा घरमा बाबु र मामाले पटक–पटक बलात्कृत गरेको र पछिल्लो बलात्कारको घटना २०२१ डिसेम्बर २४ गते बालिकाकी आमाले थाहा पाए पछि बाल कल्याण समितिमा उजुरी गरेकी थिइन । त्यसपछि उनीहरूलाई पक्राउ गरी अदालतमा लगिएको थियो ।-एजेन्सी

Skip This