अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 पपुवा न्यू गिनीका प्रधानमन्त्रीले मोदीको खुट्टा ढोगे

 पपुवा न्यू गिनीका प्रधानमन्त्रीले मोदीको खुट्टा ढोगे


न्यू गिनी–प्रधानमन्त्री नरेन्द्र मोदी आइतवार पपुवा न्यू गिनी पुगेका छन्, जहाँ उनको भव्य स्वागत गरिएको थियो। 

उनलाई स्वागत गर्न विमानस्थल पुगेका पपुवा न्युगिनीका प्रधानमन्त्री जेम्स मारापेले प्रधानमन्त्री मोदीको खुट्टा ढोगेर सम्मान व्यक्त गरेका थिए ।

यहाँ उनले पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मारापेसँग ‘फोरम फर इन्डिया–प्यासिफिक आइल्याण्ड्स कोअपरेसन’ (FIPIC) को तेस्रो शिखर सम्मेलन संयुक्त रूपमा आयोजना गर्नेछन्। 

प्रधानमन्त्री मोदी तीन देशको भ्रमणमा छन् र पपुवा न्यू गिनी उनको भ्रमणको दोस्रो बिन्दु हो। मोदी पपुवा न्यू गिनी भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री पनि हुन्। 

पपुवा न्यू गिनीमा उनले जेम्स मारापे र गभर्नर जनरल बब डाडेसँग द्विपक्षीय वार्ता गर्नेछन्।

जापानमा भएको जी–७ देशको शिखर सम्मेलनमा सहभागी भएर उनी यहाँ आइपुगेका हुन् । उनले जापानमा विश्वका धेरै नेताहरुसँग भेट गरे ।-एजेन्सी

Skip This