अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि अदालतमा बयान सुरु हुँदै

नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि अदालतमा बयान सुरु हुँदै


काठमाडौँ-नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूको आजदेखि अदालतमा बयान सुरु हुने भएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको आजदेखि अदालती बयान सुरु हुन लागेको हो ।

सो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, कांग्रेस नेता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायतलाई पक्राउ परेका छन् ।  

सोमबार प्रहरीले आफ्नो अनुसन्धान पुरा गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले बुधवार जिल्ला अदालत काठमाडौँमा २६ करोडभन्दा बढी बिगो माग राखी मुद्दा दर्ता गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणको बयान थुनछेक बहस सकिनै करिब दुई साता लाग्नेछ । आज गोला प्रणालीबाट थुनछेक प्रयोजनका लागि पेसी तोकिने जनाइएको छ । त्यसपछि पेसी तोकिएका न्यायाधीशकै सामुन्ने प्रतिवादीहरूको बयान लिइने छ ।