काठमाडौं- सरकारले भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेललाई नियुक्त गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ महानिर्देशकको भूमिकामा पौडेललाई ल्याएउनु भएको हो।
यसअघिका महानिर्देशक चक्रबहादुर बुढाको गत वैशाख २७ गते सरुवा भएपछि उहाँको स्थानमा पौडेल आउनु भएको हो। उहाँ खानेपानी मन्त्रालयबाट अर्थ मन्त्रालयमा सरुवा भएर आएका हुन् । यसअघि बुढालाई संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको थियो। बुढालाई जनार्दन शर्माले अर्थ मन्त्रालय छोड्ने समयमा भन्सार विभागको जिम्मेवारी दिइएको थियो ।






प्रतिक्रिया