अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गर्मी बढेपछि एकसाता विद्यालय बन्द

गर्मी बढेपछि एकसाता विद्यालय बन्द


सिन्धुली–केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ । गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा  गर्मी बिदा दिएको हो ।

नगरप्रमुख दिनश अधिकारीले  गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै एकहप्ता सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको जानकारी दिनुभयो । 

हाल सञ्चालन भइरहेको कक्षा ११ को परीक्षा भने यथावत् रहने उहाँले बताउनुभयो ।