अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल विश्वकपबाट बाहिरिएपछि अध्यक्ष ओलीले भन्नुभयो–मेहनतका बाबजुद परिणाम आएन, सँगै खाना खाने गरी भेटौँला

नेपाल विश्वकपबाट बाहिरिएपछि अध्यक्ष ओलीले भन्नुभयो–मेहनतका बाबजुद परिणाम आएन, सँगै खाना खाने गरी भेटौँला


काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई प्रोत्साहन गर्नुभएको छ । हिजो भएको समूह चरणको आफ्नो खलेमा नेपाल नेदरल्यान्ड्ससँग सात विकेटले पराजित भएको हो । 

नेपाल नेदरल्यान्ड्ससँग पराजित भएसँगै एकदिवसीय विश्वकप छनोटबाट बाहिरिएको छ । एकदिवसीय विश्वकपबाट बाहिरिएको नेपाली नेपाली राष्ट्रिय क्रिकेट टिमलाई अध्यक्ष ओलीले निराश नहुन पनि आग्रह गर्नुभएको छ । 

उहाँले लेख्नुभएको छ,’आइसीसी एक दिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौँ । मेहनत जननी हो भने परिणाम शीशु। कहिलेकाहीँ मेहनतका बाबजुद पनि परिणाम प्राप्त नहुन सक्छ । यसबाट निराश हुनु हुँदैन । परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन । मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम ! नेपाल फर्केपछि सँगसँगै खाना खानेगरि भेटौँला। एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ।’

नेपालले अब प्लेअफ चरणको खेल खेल्नेछ ।