अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकामा अत्यधिक गर्मी, बिरामीले अस्पताल भरिए

अमेरिकामा अत्यधिक गर्मी, बिरामीले अस्पताल भरिए


न्युयोर्क-मौसममा आएको परिवर्तन (ग्लोवल वार्मिङ)का कारण अहिले विश्वमा ठुलो उथलपुथल देखिएको छ । बाढी र गर्मी दुवै एउटै देशमा देखिएका छन् । 

अमेरिकामा चर्को गर्मी छ । गर्मीमा यति धेरै गर्मी हुन्छ कि मानिसहरू घरबाट निस्कने बित्तिकै धमाधम बिरामी पर्न थालेका छन् । 

एरिजोनाका केही भागहरूमा बर्न युनिटहरूमा एक तिहाइ बिरामीहरू गर्मीकै कारण अस्पताल भर्ना हुन बाध्य भएका छन् । फिनिक्सको भ्याली वाइज हेल्थका बर्न सर्भिसका निर्देशक डा केभिन फोस्टरले आईसीयूमा रहेका आधाभन्दा बढी बिरामी आफैँ लडेर बेहोस भएको बताए । 

फिनिक्स सहरमा अहिले लगातार २४ दिनसम्म ११० फरेनहाइट (४३ डिग्री सेल्सियस) माथिको तापक्रम रेकर्ड तोडिएको छ।-एजेन्सी

Skip This