अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘मस्कोमा युक्रेनको ड्रोन आक्रमण’

‘मस्कोमा युक्रेनको ड्रोन आक्रमण’


मस्को—युक्रेनले मस्कोमा ड्रोन आक्रमण गरेको रुसले आरोप लगाएको छ । आक्रमणका कारण सहरका दुई भवनमा क्षति पुगेको र विमानस्थल पनि केही समयका लागि बन्द गर्नुपरेको रुसको भनाइ छ ।

रुसी अधिकारीका अनुसार ओदिन्त्सोभो जिल्लाका भवनमा आक्रमण भएको हो । घटनामा एक जना घाइते भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति वार्ता हुन सक्ने बताएको केही घण्टापछि नै यस्तो आक्रमण भएको थियो ।

रुस–अफ्रिका सम्मेलनमा उनले युक्रेनसँग शान्ति वार्ता हुन सक्ने भए पनि यसका लागि युक्रेनले आक्रमण रोक्नुपर्ने बताएका थिए ।-एजेन्सी

Skip This