काठमाडौं-नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ।
उपमहासचिव खतिवडाकी आमा ८० वर्षीया मालती खतिवडाको आज बिहान उपचारको क्रममा टिचिङ अस्पताल महाराजगञ्जमा निधन भएको हो।
ब्रेनस्टोकबाट पीडित खतिवडा केही सातादेखि उपचाररत हुनुहुन्थ्यो। उहाँका एक छोरा र तीन छोरी छन्।
खतिवडाको मंगलबार दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ।






प्रतिक्रिया