अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महिलालाई गोप्य अंग देखाउने रक्षा मन्त्रालयका अधिकृत पक्राउ

महिलालाई गोप्य अंग देखाउने रक्षा मन्त्रालयका अधिकृत पक्राउ


काठमाडौं– ललितपुरको इमाडोलस्थित सार्वजनिक स्थानमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंग देखाएको आरोपमा रक्षा मन्त्रालयमा कार्यरत एक अधिकृत पक्राउ परेका छन्।

आइतबार साँझ साढे ६ बजेतिर पीडित युवतीले ती पुरुषको भिडियो सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन्।

घटनामा संलग्न आरोपमा प्रहरी वृत्त सातदोवाटो, ललितपुरको टोलीले बैतडीको पाटन नगरपालिका-७ घर भई हाल ललितपुर महानगरपालिका-२ इमाडोल बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्टलाई पक्राउ गरेको हो।

गल्लीमा एक्लै देखेपछि भट्टले कपडा खोलेर गोप्य अङ्ग देखाएको युवतीको आरोप छ। त्यसपछि उनले हिम्मत गरेर आफ्नो स्मार्ट फोन मार्फत भिडियो खिच्दै फलो गरिन् र पक्राउ गरिदिन आग्रह गरिन्। अर्का यात्रुले आरोपीलाई नियन्त्रणमा लिएपछि पीडितले खुट्टा ढोग्न लगाएको र आरोपीले ‘सरी’ भनेको भिडियोमा देख्न सकिन्छ।

प्रहरीका अनुसार भट्टले इमाडोलस्थित सार्वजनिकस्थलमा एक महिलालाई आफ्नो गोप्य अंग देखाउँदै अश्लील व्यवहार गरेका थिए। उक्त घटनाको भिडियो पीडित महिलाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोबाटोले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको खुलेको छ।

पक्राउ परेका भट्टलाई प्रहरी वृत्तको सातदोवाटोको हिरासतमा राखि थप अनुसन्धान भइरहेको छ।

Skip This