अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा विशेष अदालतबाट दोषी ठहर

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा विशेष अदालतबाट दोषी ठहर


काठमाडौँ-विशेष अदालतले दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा, पूर्वसदस्य धनराज ज्ञवाली र पूर्वसदस्य टिकाप्रसाद उप्रेतीलाई दोषी ठहर गरेको छ।

अदालतले दिगम्बर झालाई ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको छ। साथै सार्वजनिक संस्थाको प्रमुख पदमा बहाल रहेको अवस्थामा भ्रष्टाचार गरेकाले थप ६ महिना गरी कुल १ वर्ष कैद सजाय सुनाइएको छ। 

त्यस्तै धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेतीलाई जनही ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ ।

Skip This