अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली क्रिकेट टोलीलाई पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीको बधाई

नेपाली क्रिकेट टोलीलाई पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीको बधाई


काठमाडौँ-पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले एसिया कपको आफनो पहिलो सहभागितामा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले उत्कृष्ट खेल प्रर्दशन गरेको भन्दै खेलाडी, प्रशिक्षक एवम् नेपाल क्रिकेट सङ्घ ९क्यान०लाई बधाई दिनुभएको छ।

पाकिस्तान र श्रीलङ्कामा भएको एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली टोलीले विश्व वरियतामा शीर्ष स्थानमा रहेका पाकिस्तान र भारतजस्ता बलिया टोलीसँग उत्कृष्ट खेल प्रदर्शन गर्दै विश्व क्रिकेटप्रेमीको मन जित्न सफल भएकोमा पूर्वराष्ट्रपति भण्डारीले बधाई दिनुभएको हो। उहाँले यस किसिमको उत्कृष्ट खेल प्रदर्शनले नेपालको क्रिकेट खेलको विकासमा नयाँ सम्भावनाको ढोका खुलेको उल्लेख गर्दै क्रिकेटसँग सम्बन्धित पूर्वाधार निर्माणका साथै खेलाडीको क्षमता विकासमा लगानी बढाउन सकेमात्र क्रिकेट खेलले थप व्यावसायिकता र प्रतिस्पर्धी क्षमता विकास गर्न सक्ने बताउनुभयो। 

पूर्वराष्ट्रपति भण्डारीले सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाले क्रिकेटलगायत समग्र नेपाली खेलकुदको विकासमा थप लगानी गर्न आवश्यक रहेको बताउनुभयो। एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तान र भारतसँग पराजित भए पनि नेपाली टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो।

यसैगरी पूर्वराष्ट्रपति भण्डारीले मलेसियामा जारी आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाली महिला टोलीले उत्कृष्ट खेल प्रर्दशन गरेकामा बधाई दिनुहुँदै थप सफलताको कामना गर्नुभएको छ। उक्त प्रतियोगितामा नेपाल लगातार चौथो जित निकाल्दै सेमिफाइनल पुगेको छ। उक्त प्रतियोगितामा समूह ‘ए’ मा रहेको नेपालले कतारलाई नौ विकेट, घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरेको थियो। नेपालले समूह चरणको अन्तिम खेल बुधबार संयुक्त अरब इमिरेट्स ९युएई०सँग खेल्नेछ।

Skip This