अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छन्द–साधना पुरस्कार–२०८० भुवनहरि सिग्देल र कविराज पौडेललाई प्रदान पुरस्कृत गरिने  

छन्द–साधना पुरस्कार–२०८० भुवनहरि सिग्देल र कविराज पौडेललाई प्रदान पुरस्कृत गरिने  


काठमाडौँ–छन्द–साधना पुरस्कार–२०८० कवि भुवनहरि सिग्देल र कविराज पौडेललाई प्रदान गरिने भएको छ ।   

नेपाली छन्दकविता साधनामा सक्रिय दुई पुस्ताकालाई जोड्ने उद्देश्यले कवि सिग्देल र पौडेललाई प्रदान गरिने घोषणा गरिएको  हो । 

नगद रु। २५ हजार र प्रमाणपत्र रहेको ‘विशिष्ट छन्दसाधना पुरस्कार’ र १५ हजार र प्रमाणपत्र रहेको ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’को रकममा यस वर्षदेखि वृद्धि गरी क्रमशः ४०हजार  र २० हजार  बनाइएको छ ।  

कविद्वय प्रा.डा. रामप्रसाद ज्ञवाली र प्रा।डा। देवी नेपालबाट सञ्चालित ‘छन्द–तरङ्ग’ले एक विज्ञप्तिमार्फत यस वर्षको ‘छन्दसाधना पुरस्कार’ घोषणा गरेको हो । 

उक्त विशिष्ट छन्दसाधना पुरस्कारबाट यसअघि  विशिष्ट छन्दसाधकहरू रमेश खकुरेल, चन्द्रप्रसाद न्यौपाने, प्रा। घनश्याम कँडेल र रामचन्द्र भट्टराई पुरस्कृत भइसक्नुभएको छ भने छन्दसाधना युवा प्रतिभा पुरस्कारबाट युवाकवि सुदेश सत्याल पुरस्कृत भइसक्नुभएको छ ।

सिग्देलका ‘आर्तनाद’ (२०५४), खाते (२०५५), कानी (२०५५) लगायतका दवटटा खण्डकाव्य, ‘धरणीधर’ (२०५५), ‘मेनुका’ (२०५६) लगायतका पाँचओटा महाकाव्य, विभिन्न कवितासङ्ग्रह, कथासङ्ग्रह, उपन्यास, संस्मरण, बालसाहित्य आदि क्षेत्रका ३६ वटा साहित्यिक कृतिहरू प्रकाशित छन् । सिग्देलका छन्द कविताहरू कलासौन्दर्य र परिष्कृति शिल्पकारिताका दृष्टिले उच्चकोटिका मानिन्छन् । 

यस्तै  ‘चित्रविचित्र’ (२०६२), घाइते राष्ट्र (२०७०) जस्ता छन्दोबद्ध कविता सङ्ग्रह र रूपसी (२०६३), कैदी (२०६५) र छाया छवि (२०६९) जस्ता छन्दोबद्ध खण्डकाव्यका साथै सयौँ फुटकर कविताका माध्यमबाट सशक्त सिर्जना क्षमता, युगीन यथार्थमूलक वैचारिक सम्प्रेषण, जीवन्त वाचन कला, छन्दसम्बद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्गठन निर्माण, पिङ्गल छन्द र अङ्ग्रेजी छन्दविधानसम्बन्धी प्राज्ञिक अनुसन्धान र विभिन्न प्रशिक्षणका माध्यमबाट नयाँ पुस्तालाई छन्दकविताप्रति आकर्षण प्रदान गर्ने कार्यमा अतुलनीय योगदान दिएबापत कवि पौडेललाई छन्दसाधना युवा प्रतिभा पुरस्कार प्रदान गरिएको हो ।  

उक्त दुवै पुरस्कार एक विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने बताइएको छ ।