अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक शिक्षक घाइते

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक शिक्षक घाइते


उदयपुर-नेपाल शिक्षक महासंघले शिक्षा विधेयकविरुद्ध आव्हान गरेको आन्दोलनमा सहभागी हुनको लागि काठमाडौं आउँदै गरेका एक शिक्षक सवारी दुर्घटनामा परी घाइते भएका छन्।

उदयपुरको ताप्ली गाउपालिका वडा-४ स्थित महेन्द्र आधारभूत विद्यालय सोरुङपादेखरीका शिक्षक मिलन लाल बहादुर तामाङ त्रियुगा नगरपालिका ९ गैरुनमा आफैंले चलाएको मोटरसाइकल दुर्घटना भई घाइते भएका हुन् ।

गैरुनस्थित कोठामा मोटरसाइकल थन्काएर काठमाडौं आउनका लागि हिडेका शिक्षक तामाङ दुर्घटनामा परे लगत्तै गाईघाटस्थित त्रियुगा हस्पिटलमा पु¥याइएको थियो। दुर्घटनामा परेका शिक्षक तामाङको हात, पाखुरा र चिउडोमा चोट लागेको छ भने मोटरसाइकलमा समेत क्षति पुगेको छ।

Skip This