काठमाडौं-सरकारले संसद्मा दर्ता गराएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक- २०८०’ विरुद्ध देशभरका शिक्षकहरु सडक आन्दोलनमा उत्रिएका छन्। विधेयकप्रति असन्तुष्टि जनाउँदै विद्यालय बन्द गरेर देशभरका शिक्षकहरू सरकारलाई दबाब दिन काठमाडौं आइपुगेका छन् ।
जिल्ला जिल्लाबाट बस रिजर्भ गरेर काठमाडौं आइपुगेका शिक्षकहरू शिक्षक महासंघको नेतृत्वमा सडकमा उत्रिएका हुन् । महासंघकी अध्यक्ष कमला तुलाधरले देशभरबाट आइपुगेका शिक्षकहरू सडकमा उत्रिएको बताउनु भयो । चार लाख शिक्षक र कर्मचारीको हकहितविपरीत विधेयक आएको उहाँको भनाइ छ । विद्यालय बन्द भए पनि माग पूरा भएपछि विद्यार्थीको सिकाइमा असर नपर्ने गरी पढाउने उहाँकाे भनाइ छ ।




प्रतिक्रिया