काठमाडौं-डिशहोम फाइवरनेटले कनेक्सनको दोब्बर उत्सव अफरको सार्वजनिक गरेको छ।
छिटो र भरपर्दो इन्टरनेट सबैको आवश्यकता बनिसकेकाले त्यसैलाई मध्यनजर गर्दै अफर सार्वजनिक गरिएको डिशहोमले जनाएको छ।
अफर अन्तर्गत डिशहोम फाइवरनेटको नयाँ कनेक्सन लिने ग्राहकले एक दाममा डबल ब्यान्डविथ अर्थात् अब ५० एमबीपीएसको पैसा तिर्दा १०० एमबीपीएसको ब्यान्डविथ पाउनेछन्। साथै सुलभ मूल्यमा फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन सकिने कम्पनीले जनाएको छ ।
ग्राहकहरूले आफ्नो बजेट अनुसारको इन्टरनेट र टीभी प्याकेज छानि छानी लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट ग्राहकसेवाका कारण पछिल्लो समय डिशहोम फाइवरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक बन्न सफल भएको कम्पनीले दाबी गरेको छ।
डिशहोम फाइवरनेटको जडान तथा अन्य सेवाहरु नजिकैको डिलर दाइ अथवा हाम्रो ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१ ५९७०३६५ मा फोन गरेर लिन सकिन्छ।
उल्लेखित योजना अन्तर्गत डिशहोम फाइवरनेट जडान गर्ने ग्राहकहरुले निम्न वमोजिमको ब्यान्डविथ शुलभ मूल्यमा पाउन सकिनेछः
स्टार ८५० प्लस ५० एमबीपीएस : एक वर्षका लागि १०० एमबीपीएस ब्यान्डविथ उहि पुरानै ५० एमबीपीएसको मुल्यमा मात्र रु ७ हजार ८९८ (भ्याट बाहेक) मा जडान गर्न सकिने।
स्टार ७ प्लस ७५ एमबीपीएस : एक वर्षका लागि १५० एमबीपीएस ब्यान्डविथ उहि पुरानै ७५ एमबीपीएसको मूल्यमा मात्र ८ हजार ७५९ (भ्याट बाहेक) मा जडान गर्न सकिने।
स्टार १०० प्लस १०० एमबीपीएस : एक वर्षका लागि २०० एमबीपीएस ब्यान्डविथ उहि पुरानै १०० एमबीपीएसको मूल्यमा मात्र रु. ९ हजार ६९८ (भ्याट बाहेक) मा जडान गर्न सकिने।
स्टार १५० प्लस १५० एमबीपीएस : एक वर्षका लागि ३०० एमबीपीएस ब्यान्डविथ उहि पुरानै १५० एमबीपीएसकै मूल्यमा मात्र ७ हजार ८९८ (भ्याट बाहेक) मा जडान गर्न सकिने।






प्रतिक्रिया