अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माछापुच्छ्रे बैंकका नायब सीइओ विश्वम्भर न्यौपाने नेप्सको अध्यक्षमा नियुक्त

माछापुच्छ्रे बैंकका नायब सीइओ विश्वम्भर न्यौपाने नेप्सको अध्यक्षमा नियुक्त


काठमाडौं-माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स)को अध्यक्ष पदमा नियुक्त हुनुभएको छ।

न्यौपाने अध्यक्षमा नियुक्त हुनु अघि यसै संस्थामा माछापुच्छ्रे बैंकको तर्फबाट सञ्चालकको रूपमा प्रतिनिधित्व गर्दै आउनुभएको थियो। नवनियुक्त अध्यक्ष न्यौपानेले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ।
विगत १९ वर्ष देखि माछापुच्छ्रे बैंकमा आवद्ध भई हाल उहाँ बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहनु भएको छ । साथै उहाँसंग बैंकिङ्ग क्षेत्रको २५ वर्ष भन्दा लामो अनुभव रहेको छ ।

Skip This