अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ग्लोबल आईएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

ग्लोबल आईएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता


काठमाडौं-ग्लोबल आईएमई बैंक लिमिटेड र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच च्यानल फाइनान्सिङ कार्यक्रमसम्बन्धी सम्झौता भएको छ।

समझदारी पत्रमा बैंक र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच हस्ताक्षर सम्पन्न भएको छ।

सम्झौताअनुसार बैंकले बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई)का उत्पादनहरू खरिद गर्नका लागि आधिकारीक डिष्ट्रिब्युटर्सहरुलाई आवश्यक चालू पूँजी प्रदान गर्न च्यानल फाइनान्सिङ सुविधा प्रदान गर्नेछ।

बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई)का आधिकारिक डिष्ट्रिब्युटर्सहरुले बैंकको जुनसुकै शाखाबाट च्यानल फाइनान्सिङ्ग कार्यक्रमअन्तर्गत कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।

उक्त कार्यक्रममा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यका साथै बोटलर्स नेपाल लिमिटेडका मेनेजिङ्ग डाइरेक्टर दीपक सेन्थिलनाथ लगायत दुवै संस्थाका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकले ३५० शाखा कार्यालय, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।

Skip This