काठमाडौँ-नेकपा एमालेका सचिव तथा सांसद योगेशकुमार भट्टराईले लेखापरीक्षण गर्ने संवैधानिक निकाय महालेखापरीक्षकको कार्यालय स्वतन्त्र र स्वायत्तता हुनुपर्ने बताउनु भएको छ।
मंगलबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताउनु भएको हो। उहाँले महालेखापरीक्षक कार्यालयमा काम गर्नेहरुले लेखापरीक्षण गर्ने संस्थाको स्वतन्त्र स्वायत्तताका विषयमा प्रश्न उठाएको भन्दै सांसदहरुले महालेखापरीक्षकको कार्यालय स्वतन्त्र र स्वायत्त नभएको बुझ्ने बताउनु भयो ।
उहाँले संविधानको धारा २४० ले संवैधानिक परिषद्बाट महालेखापरीक्षक नियुक्ति हुने प्रावधान रहेको बताउनु भयो।
सचिव भट्टराईले आफूहरु महालेखापरीक्षकको कार्यालय अझ बलियो, स्वतन्त्र र स्वायत्त हुनुपर्छ र कुनै हस्तक्षेप हुनुहुन्न भन्ने पक्षमा रहेको बताउनु भयो । उहाँले सरकारले न्यायाधीशको परीक्षामा फेलभएकाहरुलाई न्यायाधीश बनाउनु देशका लागि विडम्बनापूर्ण अवस्था रहेको टिप्पणी गर्नुभयो ।
सचिव भट्टराईले देशको सचिव वा मुख्य सचिवहरुको बढुवामा बेरुजुको मापदण्ड राख्न आवश्यक रहेको बताउनु भयो।




प्रतिक्रिया