अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुरक्षा पालुवाको अध्यक्षमा पुनः टुल्कनाथ आचार्य

सुरक्षा पालुवाको अध्यक्षमा पुनः टुल्कनाथ आचार्य


पोखरा-सुरक्षा पालुवा बचत तथा ऋण सहकारी संस्थाको १७औं साधारणसभा एवं दोस्रो अधिवेशनले पुनः टुल्कनाथ आचार्यको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ।

समितिको उपाध्यक्षमा यज्ञप्रसाद आचार्य, सचिवमा दीपक बानिया, सहसचिवमा शान्ता देवी अधिकारी र कोषाध्यक्षमा पानादत्त पौडेल चयन हुनु भएको छ।

त्यस्तै सदस्यहरूमा गोपिराज तिवारी, श्रीराम दहाल, देवमणि भण्डारी, रामप्रसाद पौडेल, इन्दिरा कोइराला आचार्य, सुन्दरमणि दाहाल, योगराज अधिकारी, ध्रुबबहादुर थापा क्षेत्री, अञ्जु अधिकारी थापा, गोपबहादुर बानिया रहनुभएको छ।

त्यसैगरी लेखा समितिको संयोजकमा शुसिल पौडेल एवम् सदस्यहरूमा केशवराज आचार्य र सागरमणि भण्डारी रहनुभएको छ।

अधिवेशनका लागि कृष्णप्रसाद तिवारीको संयोजकत्वमा मेघमणि अधिकारी र आनन्द पौडेल सदस्य रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो। नवनिर्वाचित सञ्चालक समितिका पदाधिकारी एवं सदस्यलाई निर्वाचन समितिका संयोजक कृष्णप्रसाद तिवारी, पोखरा महानगरपालिका वडा-३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी, सल्लाहकार एवं पूर्व अध्यक्ष शिवदत्त तिवारी लगायतले टिका तथा माला तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

कार्यक्रममा वडा अध्यक्ष अधिकारीले आर्थिक अनुशासनका माध्यमबाट सहकारीलाई आम सर्वसाधारणको मन जित्ने गरी अघि बढाउनुपर्ने बताउनुभयो। पोखरा–३३ का छरिएका सहकारीलाई एकत्रित गर्दै सहकारीको सेवा प्रवाहलाई अझै प्रभावकारी एवम् गुणस्तरीय बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

समितिका अध्यक्ष टुल्कनाथ आचार्यले शेयर सदस्यको भावनालाई आत्मसात गर्दै सहकारी अघि बढीरहेको बताउँदै आर्थिक अनुशासन कायम गराउने कुरामा संस्था प्रतिवद्ध भएको बताउनुभयो।

सल्लाहकार एवं पूर्व अध्यक्ष शिवदत्त तिवारी, निर्वाचन समितिका संयोजक कृष्णप्रसाद तिवारी लगायतले सहकारीले आम सर्वसाधारण माझ प्राप्त गरेको विश्वासलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

उक्त अवसरमा समाचार सम्प्रेषणका माध्यमबाट विशिष्ट योगदान पुर्‍याएको भन्दै रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल र भरतपोखरी मिडियाका सञ्चालक सञ्जय आचार्यलाई सम्मान गरिएको थियो।

२०६४ सालमा सुरक्षा बचत तथा ऋण सहकारीका रुपमा स्थापना भएको संस्थाले विभिन्न चरणमा अन्य सहकारीहरुसँग एकिकरण गरी ३ हजार ४७ सेयर सदस्यमा मार्फत् ७ करोड ३४ लाख ३७ हजार सात सय सेयर पुँजी बनाउन सफल भएको छ। हाल सहकारीको कारोबार ७४ करोड आठ लाख रुपैयाँ भन्दा बढी रहेको छ।

पोखरा महानगरपालिका भित्र कार्यक्षेत्र बनाएर विभिन्न तीन ठाउँमा रहेका सेवा केन्द्रमा असोज ३ गते देखि तीन चरणमा गरिएको १७औं साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो। समितिका अध्यक्ष टुल्कनाथ आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव यज्ञ प्रसाद आचार्यले गर्नुभएको थियो। कार्यक्रममा स्वागत निर्मल आचार्य तथा सहकारीका सिद्धान्त वाचन शान्तादेवी अधिकारीले गर्नुभएको थियो।

Skip This