अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकाका ७५ हजार बढी स्वास्थ्यकर्मी हडतालमा 

अमेरिकाका ७५ हजार बढी स्वास्थ्यकर्मी हडतालमा 


काठमाडौँ–अमेरिकामा ७५ हजारभन्दा धेरै स्वास्थ्यकर्मीले हडताल सुरु गरेका छन् । कर्मचारी तहको विवाद सुल्झाउन नसकेपछि स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले हडताल थालेका हुन् ।

अमेरिकाको सबैभन्दा ठूलो गैरनाफामूलक स्वास्थ्य संस्थामा युनियनका सदस्यहरूको हडताल भर्जिनिया र कोलम्बियाका विभिन्न ठाउँहरुमा सुरु भएको र वेस्ट कोस्टमा पनि हडतालमा हजारौँ स्वास्थ्यकर्मी सहभागी हुने युनियनले जनाएको छ ।

स्थानीय युनियनहरूको प्रतिनिधित्व गर्ने छाता समूह ‘कैसर परमानेन्टी युनियन्सले’ ले गएको महिना एक विज्ञप्ति निकालेर यो ‘अमेरिकी इतिहासमा सबैभन्दा ठूलो स्वास्थ्यकर्मी हडताल’ हुने बताएको थियो । युनियनले बोर्डमा तलब वृद्धि र श्रमको उप–सम्झौता तथा अन्य मागहरू सम्बोधन गर्न माग राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।–एजेन्सी

Skip This