काठमाडौँ-काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौँ उपत्यकाका संस्कृति र सम्पदालाई विश्वमा पुर्याउने एकमात्र माध्यम चलचित्र क्षेत्र रहेको बताउनु भएकाे छ।
राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’ को रूपमा सूचिकृत गरेसँगै बुधवार काठमाडौँ महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनु भएको हाे।
उहाँले युनेस्कोले काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’ को रूपमा सूचिकृत गर्नुले झनै चुनौती थपिएको बताउनु भयो। उहाँलेले काठमाडौँ आफैँमा क्रिएटिभ सहर भएको बताउनु भयो । उहाँले खानेकुरा, संगीत, डिजाइन, सबै क्षेत्रमा काठमाडौँ रचनात्मक सहर भएको बतााउनु भयो।
उपप्रमुख डंगोलले काठमाडौँको कला, डिजाइन, फिल्म लगायत सांस्कृतिक सम्पदाहरु विश्वमा देखाउन चलचित्र क्षेत्र नै एकमात्र माध्यम भएको जिकिर गर्नुभयो।






प्रतिक्रिया