अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रिगललाई पक्राउ गर्न प्रहरी परिचालन

रिगललाई पक्राउ गर्न प्रहरी परिचालन


काठमाडौं-सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका गुन्डा नाइके योगराज ढकाल (रिगल)लाई आममाफी दिने निर्णय बदर गरेको छ। 

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो।

सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश समेत दिएको छ। आदेशमा रिगललाई तुरुन्त पक्राउ गरेर उनको मिनाहा गरिएको कैद सजाय भुक्तानी गराउन भनिएको छ।

अदालतको आदेशसँगै प्रहरीले रिगललाई खाेज्न प्रहरी हायर गरिसकेकाे छ। केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतका अनुसार प्रहरीले रिगललाई खाेज्ने कार्य अगाडी बढाइसकेकाे छ। उनलाई तत्कालै प्रहरीले पक्राउ गरेर कारकागारमा बुझाउने उहाँले बताउनु भयो ।

नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २८ असार २०७२ मा चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगलमाथि थियो। उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो। तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल जिल्ला कारागार, दाङबाट छुटेका थिए।

रिगलको कैद माफीका लागि कांग्रेस नेताहरुको जोडबल थियो।