काठमाडौं-सामाजिक न्याय र मानव अधिकारको क्षेत्रमा क्रियाशिल संस्था अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले नेपालको मानव अधिकार प्रर्वद्धनका लागि मानव अधिकार आयोगको भूमिका प्रभावकारी हुनुपर्ने बताएको छ।
इन्सेकका अध्यक्ष ड.कुन्दन अर्यालले आज एक विज्ञप्ती जारी गरेर नेपालको मानव अधिकार आयोगको श्रेणी घटुवा हुनबाट जोगिएकोमा खुशी व्यक्त गर्नुभएको छ। राष्ट्रिय मानव अधिकार संस्थाको विश्वव्यापी सञ्जाल गान्ह्रीले नेपालको आयोगका पदाधिकारीको गतिविधीका कारण एक तह घटुवा गर्न सक्ने आशंका थियो। तर यस संस्थाले नेपालको आयोगलाई ‘क’ वर्गमा नै राखेर मूल्यांकन गरेको छ। ‘ख’ वर्गमा राखेका आयोगले गरेको सिफरिसलाई सरकार कार्यान्वयन गर्न बाध्य नहुने भएकोले घटुवामा परेको भए नेपालको मानव अधिकारको स्थिती थप नाजुक हुने अवस्थामा पुग्नेबाट जोगिएको डा.अर्यालको विज्ञप्तीमा उल्लेख छ।
हेर्नुहोस् विज्ञप्ति







प्रतिक्रिया