अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबार क्षेत्रमा भोलि चार घण्टा विद्युत् आपूर्ति बन्द हुने

सिंहदरबार क्षेत्रमा भोलि चार घण्टा विद्युत् आपूर्ति बन्द हुने


काठमाडौँ–शनिबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।  स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत  गर्नुपर्ने भएकोले विद्युत् आपूर्ति बन्द हुन लागेको हो । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार सिंहदरबारस्थित के ३ सबस्टेसनबाट आपूर्ति हुने सिंहदरबार परिसर भित्रका सम्पूर्ण कार्यालयहरू, जिल्ला प्रशासन कार्यालय समेत बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतोपुल, रातोपुल क्षेत्रमा भोलि बिहान विद्युत् आपूर्ति प्रभावित हुने भएको हो । 

प्राधिकरणले एक सूचना जारी गर्दै बिहान ७ बजे ११ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको छ ।