काठमाडौं-‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत वेलचौतारा, शुक्ला गण्डकीका टार्जन गुरुङले जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ।
एक कार्यक्रमको आयोजना गरी गुरुङलाई डिश मिडिया नेटवर्कका प्रतिनिधिले नगद एक लाख रुपैयाँ हस्तान्तरण गरेको हाे। २०८० कात्तिक १३ गते सोमवार भएको लक्की ड्र मार्फत गुरुङले नगद रु.एक लाख जित्नुभएको थियो।
नेपालकै अग्रणी डीटीएच सेवा प्रदायक डिशहोमले दशैं तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो। यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरूले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झै जीवनशैली अनुभव गर्न सक्नेछन्।
त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन्। जसमा नगद रु.दश लाख, मिडियामा प्रसिद्धि र सेलिब्रेटी झै जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन्। यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ।
सुपरस्टारको छनोट हरेक हप्ताको सोमवार डिशहोमको शोकेश, सरोकार टीभी, रमाइलो टीभी, डिशहोमको आधिकारिक फेसबूक पेज र ईमेज टीभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ।
‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान गत असोज १ गतेदेखि सीमित अवधिको लागि लागू भएको डिशहोमले जनाएको छ।






प्रतिक्रिया