अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट, श्रेष्ठ र शाह निलम्बित

रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट, श्रेष्ठ र शाह निलम्बित


​​​​​​​रामेछाप-रामेछापको मन्थलीस्थित विमानस्थलभित्र एकआपसमा कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन भएको छ।

काठमाडौँ-लुक्ला ट्रान्जिटको रूपमा रहेको मन्थली विमानस्थलमा बिहान तारा एयरका दुई पाइलट सञ्जीव श्रेष्ठ र सन्तोष शाहबीच कुटाकुटको स्थिति बनेको हो। 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले झगडा गर्ने पाइलटहरु क्याप्टेन सन्तोष साह र सञ्जिव श्रेष्ठको लाइसेन्स निलम्बन गरेको छ ।

शुक्रवार बिहान लुक्लाका लागि काठमाडौँबाट फ्लाइट नम्बर १११ मा गएका पाइलट शाह र मन्थली क्याम्पमा नै रहेका पाइलट श्रेष्ठबीच कुटाकुटको स्थिति बनेको तारा एयरले जनाएको छ। यो घटनामा कम्पनी वा फ्लाइटको कुनै सम्बन्ध नभएको जिकिर गर्दै कम्पनीले दुई पाइलटहरूकै व्यक्तिगत रिसिबीका कारण घटना भएको जनाएको छ।

प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि उनीहरु दूबै जनाको लाइसेन्स निलम्बन गरिएको छ। क्यानले छानबिन पनि सुरु गरेको उहाँको भनाई छ। पूर्ण छानबिनले उनीहरुको लाइसेन्स नै रद्द समेत गर्न सक्नेछ।

शुक्रबार बिहान तारा एयरका दुई क्याप्टेन सन्तोष साह र सञ्जिव श्रेष्ठबीच विमानस्थलभित्रै कुटाकुट भएको थियो।