अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली क्रिकेटलाई प्रोत्साहन गर्न क्यानसँग डिशहोम फाइवरनेटको साझेदारी

नेपाली क्रिकेटलाई प्रोत्साहन गर्न क्यानसँग डिशहोम फाइवरनेटको साझेदारी


डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम फाइवरनेट), ले टी २०  विश्वकप फाइनल एसिया छनोटमा नेपाली टोलीलाई समर्थन गर्न नेपाल क्रिकेट संघ (क्यान)सँग साझेदारीको सम्झौता गरेको छ।

‘डिशहोम फाईवरनेट र नेपाल क्रिकेट संघ (क्यान) बीचको सहकार्य एउटा महत्वपूर्ण समयमा आएको छ जब नेपाल टोली अन्तर्राष्ट्रिय मञ्चमा छाप बनाउन प्रयासरत छन्’ कम्पनीले भनेको छ, ‘चलिरहेको टी२० विश्वकप एशिया छनोटको ठूलो महत्व छ, र डिशहोम फाइवरनेटको सहयोगमा, टोलीले आर्थिक अवरोध बिना आफ्नो प्रदर्शनमा ध्यान केन्द्रित गर्न सक्छन् कि भन्ने कम्पनीले आशा गरेको छ।’

डिशहोम फाईवरनेटका कार्यकारी उपाध्यक्ष रमेश सापकोटाले भने, ‘हामी नेपाली टोलीलाई समर्थन गर्न र नेपाली क्रिकेटको प्रवर्द्धन गर्न पाउँदा उत्साहित छौं। हाम्रो प्रतिबद्धता क्यानलाई आवश्यक स्रोत र सहयोग उपलब्ध गराउनु हो।’

Skip This