अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जीतपुरको भू-इञ्जिनियरिङ तथा वातावरणीय अध्ययन

जीतपुरको भू-इञ्जिनियरिङ तथा वातावरणीय अध्ययन


काठमाडौँखानी तथा भूगर्भ विभागले देशभरका विभिन्न सहरको भू-इञ्जिनियरिङ तथा वातावरणीय अध्ययन गरेको छ। विभागले नेपालका विभिन्न भागमा विकसित हुँदै गएको सहरको भूवनोट र उक्त स्थानमा सहर बस्न हुन्छ कि हुँदैन भन्ने उद्देश्यका साथ वि.सं.२०५२ देखि प्रत्येक वर्ष एक सहरको अध्ययन गर्दै आएको हो।

यस वर्ष सिमराको जीतपुर बजारको भू-इञ्जिनियरिङ तथा वातावरणीय अध्ययन गरिएको विभागले जनाएको छ । गत वर्ष महोत्तरीको बर्दिबासको अध्ययन गरेको थियो। विभागले हालसम्म काठमाडौँ, पोखरा, बुटवल, भद्रपुर, धरान, जनकपुर, वीरेन्द्रनगर, तुलसीपुर, धनगढी, भैरहवा, टीकापुर, सिन्धुलीमाडी, हेटौँडा, वीरगञ्ज, विराटनगर, दमौली, विदुर, दमक, बनेपा, गुललिया र नारायणघाटको अध्ययन सम्पन्न गरिसकेको छ।

विभागका महानिर्देशक रामप्रसाद घिमिरेले सहर बसाउनका लागि आवश्यक माटो, पानी, ढुङ्गा, फोहरमैला व्यवस्थापन र नदी किनाराको कटानसम्बन्धी अध्ययन, अनुसन्धान गरी सुरक्षित सहर बसाउनका लागि सम्बन्धित स्थानीय सरकारलाई राय सुझाव दिँदै आएको बताउनुभयो।

“सहरको कुन क्षेत्रमा कस्ता पूर्वाधार निर्माण गर्न सकिन्छ, भन्नेबारेमा हामीले भू-इञ्जिनियरिङ तथा वातावरणीय अध्ययन गरेर सम्बन्धित स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारलाई राय, सुझाव दिँदै आएका छौँ”, उहाँले भन्नुभयो। विभागले दिएको राय, सुझावलाई स्थानीय तहले कार्यान्वयनमा नल्याउँदा प्राकृतिक विपत्तिका घटनासमेत हुने गरेका घिमिरेको भनाइ थियो ।

सहरको कुन भागमा विद्यालय, अस्पताल, डम्पिङसाइड, अण्डर ग्राउण्ड पार्किङ बनाउन सकिन्छ, कुन ठाउँ बाढी, पहिरो र भूक्षयको जोखिम छ भन्ने विषयमा अध्ययन हुने गरेको उहाँले बताउनुभयो । उक्त अध्ययनले सहरी विकासमा समेत सहयोग पुग्ने विश्वास विभागको छ। 

Skip This