काठमाडौं-नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकार महासंघकाे कान्तिपुर प्रतिष्ठान शाखालाई निलम्बन गर्ने निर्णय गरेको छ।
पत्रकार महासंघको केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले प्रतिष्ठान शाखालाई निलम्बन गर्ने निर्णय गरेको महासंघले जनाएको हाे ।
कान्तिपुरमा भइरहेको पत्रकारको आन्दोलनमा शाखाको भूमिका श्रमजिवीको पक्षमा नदेखिएको र केन्द्रीय समितिलाई नटेरेको भन्दै अनिल गिरी अध्यक्ष रहेको शाखालाई निलम्बन गरेको हो। कान्तिपुरमा कात्तिक १८ देखि मंसिर १० गतेसम्म दोस्रो चरणको आन्दोलन गर्ने समेत महासंघले घोषणा गरेको छ।
कान्तिपुर व्यवस्थापनले स्वेच्छिक अवकाशका लागि दिएको समयसीमा सकिएकै दिन महासंघले भने आफ्नै शाखा निलम्बन गरेको हो । सामान्यतः कुनै पनि प्रतिष्ठानमा शाखाले माग राख्ने र उसले व्यवस्थापनसँग नसकेमात्र केन्द्रलाई बोलाउने प्रचलन छ।
८२ जना पत्रकारहरूलाई कान्तिपुरले कानुन विपरीत निष्कासन तथा अवैध तरिकाले सरुवा गर्ने काम गरेको भन्दै पत्रकार महासङ्घले विभिन्न आन्दोलनका कार्यक्रमहरू गर्दै आइरहेको छ ।






प्रतिक्रिया