अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंगो राज्य हत्याराको पक्षमा लाग्दा पनि अदालतले न्याय दियो: भारती मानन्धर

सिंगो राज्य हत्याराको पक्षमा लाग्दा पनि अदालतले न्याय दियो: भारती मानन्धर


काठमाडौं-बाँकेको नेपालगञ्जका रिगल भनिने योगराज ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरेपछि आफूलाई थप साहस मिलेको रिट निवेदक भारती मानन्धरले बताउनु भएको छ।

रिगलको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएपछि शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भारतीले सिंगो राज्य हत्याराको पक्षमा लाग्दा पनि आफूले न्याय पाएको भन्दै अदालतलाई धन्यवाद दिनुभयो।

फैसलापछि आफूले न्यायाधीशहरुप्रति शब्दमा धन्यवाद पनि व्यक्त गर्न नसकेर न्यायलयको सम्मानमा सर्वोच्चको सिँढीमा ढोगेको उहाँले बताउनु भयो।

सरकारका कुर्सीहरु बिकिसकेकाले न्यायाधीशको कुर्सी पनि बिक्छ भन्ने आफ्नो धारणा फैसलाले गलत सावित गरिदिएको उहाँको भनाइ छ। भारतीले सरकारजस्तै न्यायलय पनि बिकेको छ कि भनेर आफ्नो विश्वास डग्मगाइरहेको अवस्थामा त्यो गलत साबित भएको जिकिर गर्नुभयो।

उहाँले अन्यायमा परेका आम पीडितहरुलाई न्यायका लागि लड्न समेत आह्वान गर्नुभयो। नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको रिगललाई सरकारले आममाफी दिएको थियो।

रिगलको आममाफीविरुद्ध चेतनकी पत्नी भारतीले सर्वोच्चमा रिट निवेदन दिनु भएको थियो।