काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, देश र राष्ट्रिय हितको पक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चाँडै सर्वदलीय बैठक बोलाउन आफूले भनेको बताउनु भएको छ।
प्रथम सल्यानटार कृषि प्रदशनी तथा व्यापार मेलालाई आज धादिङमा सम्बोधन गर्दै अध्यक्ष ओलीले साे कुरा बताउनु भएको हाे।
उहाँले सबै पार्टीहरुले पुरानो शैली छाड्न आवश्यक भएको बताउनु भयो।
अध्यक्ष ओलीले भन्नुभयो, ‘निषेधको राजनीति छाड्न जरुरी छ। लोकतान्त्रिक अभ्यासभित्र स्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्छ। हामीले लोकतान्त्रिक प्रणाली रोजेको अस्वस्थ्यता रोजेको होइन। हामीले हिंसा र घृणा फैलाउने बाटो रोजेको होइन। हामीले सामाजिक सद्भाव र एकता रोजेको हौं । म सबै राजनीतिक दलहरुलाई आग्रह गर्छु । मैले प्रधानमन्त्रीसँग पनि कुरा गरेको छु, उहाँलाई छिट्टै लोकतन्त्रको पक्षमा, देश र राष्ट्रिय हितको पक्षमा सर्वदलीय बैठक बोलाउनुस् भनेको छु। उहाँले छिट्टै नै गर्नुहोला भन्ने लाग्छ।’
अध्यक्ष ओलीले देशलाई पछाडि फर्काउन नसक्ने भन्दै अगाडि बढ्ने बताउनु भयो।






प्रतिक्रिया