अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकार विरुद्ध युवा संघद्वारा काठमाडौंमा विरोध प्रदर्शन

गठबन्धन सरकार विरुद्ध युवा संघद्वारा काठमाडौंमा विरोध प्रदर्शन


काठमाडौँ-नेकपा एमाले निकट राष्ट्रिय युवा संघले बानेश्वरमा गठबन्धन सरकारको विरोध प्रदर्शन गरेको छ।

संघका नेता-कार्यकर्ताहरुले बिजुली बजारदेखि नयाँबानेश्वरसम्म र्‍याली सहित विरोध प्रदर्शन गरेकाे हाे।

 रिगल भनिने गुन्डा नाइके योगराज ढकाललाई सरकारले दिएको आममाफी सर्वोच्च अदालतले बदर गरेपछि सरकारको विरोधमा युवा संघ उत्रिएको हो ।

उनीहरुले रिगलललाई आममाफी बदर गर्ने सर्वोच्च अदालतको फैसलाको समर्थन जनाएका छन् । प्रदर्शनको क्रममा युवा संघले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कानूनमन्त्री धनराज गुरुङको राजीनामा समेत मागेका छन् ।

युवा संघका अध्यक्ष क्षितिज थेवेसहित नेता कार्यकर्ता बानेश्वरमा उपस्थित भएर सरकारको विरोधमा प्रदर्शन गरेका हुन् ।