काठमाडौं – जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार हालसम्म ३६ जनाको मृत्यु छ भने ४६ बढी घाइते भएका छन् ।
ढकालकाका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पुर्याइएको छ ।
भूकम्पले घरहरु भत्किएको थाहा हुनासाथ उद्धारका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको डीआइजी ढकालले बताउनुभयो ।




प्रतिक्रिया