काठमाडौं – जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी रुकुम पश्चिममा हालसम्म ३६ जना भन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईका अनुसार बिहान ५ बजेसम्मको विवरण अनुसार ३६ जनाको मृत्यू मृत्यु भएको छ भने ५३ जना अस्पतालमा भर्ना भएका छन् ।
भट्टराईका अनुसार रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन् ।
डिएसपी भट्टराईका अनुसार मध्यपहाडी लोकमार्गमा सुक्खा पहिरो खसेर बाटो अवरुद्ध र त्यसलाई पन्छाउने काम जारी छ । पालिकाभित्रका अन्य सहायक सडकहरुमा पनि सुक्खा पहिरो गएको छ ।




प्रतिक्रिया