अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूकम्प पिडितको अवस्था बुझ्न प्रधानमन्त्री दाहाल जाजरकोट जाँदै

भूकम्प पिडितको अवस्था बुझ्न प्रधानमन्त्री दाहाल जाजरकोट जाँदै


काठमाडौं -जाजरकोट र रुकुम पश्चिममा गएराती गएको भूकम्पले पुर्‍याएको क्षतिबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल त्यतातर्फ जान लाग्नु भएको छ ।
पिडितको खोज, उद्वार तथा उपचार ब्यवस्थाका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्यकर्मीको टिम पनि अहिले स्थलगत जादै गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बिहानैदेखि घाइतेहरूको खोज तथा उद्वार र उपचारका लागि मेडिकल टिमसहित सुर्खेतबाट कम्तीमा २ हेलिकप्टर र एक स्काईट्रक सल्ले र चौरजहारी विमानस्थल वेस बनाई परिचालन हुनेछन्।
शुक्रबार राति जाजरकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पपछि निरन्तर साना र ठूला पराकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Skip This