काठमाडौं -नेकपा एमालेले आफ्ना सम्पूर्ण नेता कार्यकर्ताहरुलाई भूकम्प पिडितको उद्धार तथा राहातमा जुट्न निर्देशन गरेको छ ।
प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले एक विज्ञप्ती जारी गरेर यस्तो निर्देशन दिनुभएको हो । जाजरकोट र पश्चिम रुकुममा बढी क्षती गरेको यस भूकम्पबाट भएको क्षतिपर्ती एमालेले दुख व्यक्त गरेको छ ।
कम्तीमा १५० जनाको ज्यान गएको भूकम्पका घाइते,ठूलो मात्रामा भएको भौतिक संरचनाको क्षतीका कारण विबस्थापित भएकाहरुलाई उपचार तथा पुनस्र्थापनामा कुनै कमी हुन नदिन गौतमले सरकारसँग माग गर्नु भएको छ । यस्तो विपत्तीमा परेर ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै एमालेले घाइतेहरुको शिघ्रातिशिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । गौतमद्वारा जारी विज्ञप्तीमा आज पार्टीले आयोजना गरेका शुभकामना तथा चियापान कार्यक्रम स्थगित गरेर भूकम्प पिडितको उद्धार तथा राहातमा खट्न निर्देशन जारी गरिएको छ ।




प्रतिक्रिया