काठमाडौँ–जाजरकोट भूकम्पमा परी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटका १०५ तथा रुकुम पश्चिमका ५२ जना रहेका छन् ।
यस्तै घाइते हुनेहरूको सङ्ख्या बढेर २ सय ५३ पुगेको छ । घाइतेहरूमा जाजरकोटका १ सय १२ जना, रुकुम पश्चिमका १३२ जना, जुम्लाका ५ जना तथा दैलेख र सल्यानका दुई–दुई जना रहेका छन् ।
सरकारले भूकम्प पीडितका लागि विशेष राहतको घोषणा गर्ने तयारी गरेको छ । त्यसका लागि आज मन्त्रिपरिषद्को बैठक बस्दैछ ।




प्रतिक्रिया