काठमाडौँ–सरकारले भूकम्पमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पमा परी घाइते भएका सबैको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।
घाइतेको निःशुल्क उपचारका लागि वीर, ट्रमा सेन्टरलगायतका अस्पताल तयारी अवस्थामा राखिएको स्वास्थ्यमन्त्री मोहन बस्नेतले जानकारी दिनुभयो । जतिसुकै महँगो उपचार गर्नुपर्ने भएपनि सरकारले निःशुल्क गर्ने उहाँले बताउनुभयो ।
यस्तै बैठकमा भूकम्प पीडितहरुलाई आर्थिक सहायता दिने भनिएपनि निर्णय भइनसकेको जनाइएको छ ।




प्रतिक्रिया